प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘गुञ्जन’को रोमान्टिक गीत रिलिज गरिएको छ।
गीतमा अभिनेत्री सारा श्रीपाली र नवअभिनेता प्रितमराज सेन्चुरीको प्रेम देखाइको छ। गीतमा दुबईका विभिन्न स्थानका दृश्य देखाइएको छ।
यही पुस २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्मको ‘केवल तिम्रैतिर’ बोलको रोमान्टिक गीत रिलिज भएको हो। सार्वजनिक गीत निशान भट्टराई र श्रेया सोताङले गाएका हुन्। रवि मल्लले लेखेको गीतमा कल्याण सिंहको संगीत छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सारा र प्रितम रोमान्टिक मुडमा प्रस्तुत भएका छन्।
अष्टमान महर्जनले निर्देशन गरेको फिल्ममा सारा र प्रितमसँगै कविर खड्का, सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, कञ्चन चालिसे, निरुता स्याङतान, सुस्मिता बराल लगायतका कलाकारले अभिनय गरेका छन्।
हेर्नुहोस् गीतको भिडिओ
Shares

प्रतिक्रिया