अपराध


आफ्नै काकीको हत्या आरोपमा युवक पक्राउ

आफ्नै काकीको हत्या आरोपमा युवक पक्राउ

नेपालखबर
पुस १२, २०७९ मंगलबार १९:१०, जनकपुरधाम

धनुषा प्रहरीले आफ्नै काकीको हत्या गर्ने एक युवकलाई पक्राउ गरेको छ। विदेह नगरपालिका वडा नम्बर–७ बेलापट्टिका २० वर्षीय दिलिप साहलाई प्रहरीले पक्राउ गरेको हो। 

आइतबार साँझ ५ बजे विदेह नगरपालिका–७ बस्ने श्रीराम साहकी ३० वर्षीया श्रीमती कविता देवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागेर मृत्यु भएको थियो भने उनको १४ महिनाका छोरा कार्तिक कुमार साह घाइते भइ उपचारका लागि काव्या अस्पताल जनकपुरधाममा ल्याइएका थिए।

मृतकका श्रीमान श्रीराम साहले सुरुमा करेन्ट लागेर कविताको मृत्यु भएको भनेपनि प्रहरीले घटना शंकास्पद देखेपछि प्रारम्भिक अनुसन्धानको क्रममा हत्या भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको अनुसन्धान टोलीले मृतक कविताको अनुहारमा गम्भीर चोट लागेर रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव रहेकोमा विशेषज्ञ सहितको टोली घटनास्थलमा ल्याई अनुसन्धान गर्दै जाँदा मृतकको जेठाजुका छोरा दिलिपलाई शंकास्पद अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका दिलिपको हातको बुढि औंला तथा घाँटीको भागमा स–साना चिथोरिएको जस्तो दाग देखिनुका साथै उनको शरीर खान तलासी गर्दा अन्डर वेयरभित्र कविताले प्रयोग गर्ने मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

साहले घटनाको समयमा लगाएको जिन्स पाइन्ट र टिसर्ट पनि रगत लागेको अवस्थामा उनको ब्याग भित्र फेला पारेको उनले बताए।

पक्राउ परेका साहलाई जिल्ला आदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .