ad ad

अपराध


शरीरमा आगो लगाएर हत्या गरे, छटपटाउँदै गरेको भिडिओ बनाए

शरीरमा आगो लगाएर हत्या गरे, छटपटाउँदै गरेको भिडिओ बनाए

जयन्त ठाकुर
पुस १०, २०७९ आइतबार १५:७, जनकपुरधाम

महोत्तरीको सम्सी गाउँपालिकामा एक जना मजदुरको विभत्स ढंगले हत्या गरिएको छ। सम्सी गाउँपालिका वडा नम्बर २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीलाई मलद्वारमा पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको हो। 

बरबर्तापूर्वक अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मो. अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको प्रहरीले जनाएको छ। 

गत बुधबार अन्सारीको मलद्वारमा आगो लगाएर अचेत अवस्थामा उनकै घर अगाडि फालेर सलाम भागेका थिए। अचेत अवस्थामा रहेका उनलाई जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार चलि रहेकै अवस्थामा मृत्यु भएको छ।  

अन्सारी मजदुरी गरेर कमाई गर्ने गर्थे। सलामले पनि अन्सारीलाई घरमै काम गर्नका लागि बोलाएका थिए। घरमा काम गरेवापत १५ हजार महिनाको पारिश्रमिक दिइने सहमति भएको थियो। 

इलाका प्रहरी कार्यालय गौशालाले सलामलाई घटना भएकै दिन पक्राउ गरेको हो, महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भने, ‘उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइसकेका छौँ।’

घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक पंगेनीले बताए।

पक्राउ परेका सलाम लागूऔषध मुद्दामा पहिले पनि दुई पटक पक्राउ परिसकेका छन्। 

मृतकका भाइ समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने र क्षतिपुर्ति पाउनुपर्ने माग गरे।

‘घरको आर्थिक अवस्था कमजोर छ। दाइका ६ जना सन्तान छन्’, समजदले प्रश्न गरे, ‘छोराछोरीको जीवनयापन कठिन भयो, कसले हेरि दिने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .