कारोबार


फ्रेट फरवार्डर्स एसोसिएसनको अध्यक्षमा मनोज अधिकारी

फ्रेट फरवार्डर्स एसोसिएसनको अध्यक्षमा मनोज अधिकारी

नेपालखबर
पुस १०, २०७९ आइतबार १५:७, काठमाडौँ

नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा)को अध्यक्षमा मनोज अधिकारी निर्वाचित भएका छन्। 

२ वर्षे कार्यकालका लागि संघको १५ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको हो। 

संघको २२औँ वार्षिक साधारणसभा तथा निर्वाचन यही पुस ८ मा बेस्ट भेन्युमा भएको हो।

अध्यक्षमा अधिकारी, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेशकुमार अग्रवाल, महासचिव अशोकमान कपाली, कोषाध्यक्ष हरिप्रसाद ढकाल, सचिव ईश्वर बहादुर गुरुङ, सहकोषाध्यक्ष सुजन कुमार न्यौपाने तथा कार्यकारिणी समिति सदस्यमा प्रनिलमान सिंह प्रधान, सञ्जीव अर्याल, सीता अधिकारी, सहदेव बन्जारा, मनिषमान श्रेष्ठ, गंगाराम पुडासैनी र गंगाबहादुर राया निर्विरोध निर्वाचित भएका हुन्। 

अध्यक्ष अधिकारीले नेपाली लजिस्टिकको प्रवर्द्धन, कोभिडको आक्रान्त समयमा पनि नेपाली आयातनिर्यातलाई चलायमान बनाउन संघ तथा संघका सदस्य फ्रेट फरवार्डर्सको भूमिका तथा यस व्यवसायमा टीडीएसबाट परेको समस्याबारे जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .