अपराध


मोरङमा पाहुना आएका मामाको हत्या, भान्जा पक्राउ

मोरङमा पाहुना आएका मामाको हत्या, भान्जा पक्राउ

अभियुक्त


नेपालखबर
कात्तिक २८, २०७९ सोमबार ११:२०, मोरङ

मोरङको उर्लाबारीमा पाहुना आएका व्यक्तिको हत्या गरिएको छ। आइतबार राति करिब १२ बजे कल्पना पाँचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका १ का ४२ वर्षीय काजी मोहराको हत्या भएको हो। 

मोरङ प्रहरीका अनुसार उनको हत्या भान्जा २२ वर्षीय सुजन पाँचकोटीले गरेका हुन्। घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार गरी सुजनले काजीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। 

टाउकोमा दाउले हान्दा गम्भीर घाइते भएका काजीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर (मंगलबारे, उर्लाबारी) लगिएको थियो।

तर उपचारका क्रममा सोमबार बिहान १ बजे उनको मृत्यु भएको मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न सुजन पाँचकोटीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .