अपराध


लोकदोहोरी गायिका दिलमायाको हत्या भएको प्रहरी निष्कर्ष, सूर्यलाई जन्मकैद माग

लोकदोहोरी गायिका दिलमायाको हत्या भएको प्रहरी निष्कर्ष, सूर्यलाई जन्मकैद माग

नेपालखबर
साउन २, २०७९ सोमबार ११:९, काठमाडौँ

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। गत असार ११ गते बिहान आफ्नै कोठामा उनको शव फेला परेको थियो। 

उनको शव बेडमा फेला परेको थियो। 

उनीसँगै बस्दै आएका सिन्धुपाल्चोकको साँगाचोकगडीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठले दिलमायाको हत्या गरेको प्रहरीको निष्कर्ष छ। श्रेष्ठलाई घटना भएको भोलिपल्ट प्रहरीले पक्राउ गरेको थियो। श्रेष्ठविरुद्ध दिलमायाका परिवारले किटानी जाहेरी समेत दिएका थिए। 

प्रहरीले सोमबार वा मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने बालाजु वृत्तका डीएसपी गौतम मिश्रले बताए। प्रहरीले सूर्यलाई कर्तव्य ज्यान सम्बन्धि कसुरमा सजाय माग गर्दै प्रतिवेदन बुझाउने तयारी गरेको छ। 

घटना भएको रात पनि सूर्य दिलमायासँगै थिए। दिलमाया झुण्डिएको भनिएको सल सूर्यले महाराजगन्जस्थित झाडिमा लगेर फालेका थिए। 
दिलमायाको मोवाइल अझै फेला परेको छैन।

लोकगायिका दिलमायाका पिताले दिए श्रेष्ठविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी

दिलमायाको शंकास्पद मृत्यु पहिले उनको फेसबुक प्रोफाइलमा लामो स्टाटस लेखिएको छ। स्टाटस लेख्न प्रयोग गरिएको मोवाइल भने फेलापरेको छैन। घटनास्थलमा सूर्य बाहेक अरु नहुनुले पनि सूर्यले हत्या गरेको र स्टाटस पनि उनैले लेखेको प्रहरीको निस्कर्ष छ। परीक्षण रिपोर्ट भने प्राप्त भइनसकेको अनुसन्धानमा संलग्न अधिकारीले बताए। 

गायिका दिलमाया सुनारको रहस्यमय मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

दिलमायाको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ उल्लेख छ। घाँटीमा निलडाम पनि देखिएको थियो। शरीरका अन्य भागमा चोट थिएन। प्रहरी अनुसन्धानको निष्कर्ष भने सूर्यले झुण्ड्याएर हत्या गरेको तर्फ देखिएको हो। 

पोष्टमार्टम रिपोर्ट : लोकगायिका दिलमायाको मुत्युको कारण ‘झुन्डिएर’

गायिका दिलमाया मृत्यु प्रकरण : प्रेमी सूर्यलाई ५ दिन थुनामा राख्न अनुमति

दिलमायाको मोवाइल बारे भने उनले बताएका छैनन्। ‘हत्या हो भन्ने निष्कर्षमा पुग्नुका पछाडी अन्य कारण पनि छन्। घटनाअघि र पछिका गतिविधिले पनि हत्या होइन भन्ने देखिएन’, अनुसन्धानमा संलग्न अधिकारीले भने। 

लोकगायिका दिलमायाको रहस्यमय मृत्यु : प्रेमीको बयान र हराएको मोबाइलले जन्मायो शंका

सूर्यले बयानका क्रममा पनि धेरै कुरा ढाँटेको पुष्टि भएको प्रहरीले बताएको छ। 

दिलमाया डिभोर्स गरेर बसेकी थिइन्। उनका एक छोरा छन्। सूर्यका भने सिन्धुपाल्चोकमा श्रीमती र छोरा छोरी छन्।

सूर्यले भनेकै ठाउँमा भेटियो गायिका दिलमायाको सल, तर हत्या स्वीकारेनन्

पछिल्लो समय उनीहरुसँगै बस्दै आएको र दिलमायाले सूर्यलाई श्रीमानको रुपमा चिनाउने गरेको स्थानीयले प्रहरीलाई बताएका छन्। तर केही समयदेखि उनीहरुको सम्बन्धमा खटपट रहेको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad