अपराध


गायिका दिलमाया मृत्यु प्रकरण : प्रेमी सूर्यलाई ५ दिन थुनामा राख्न अनुमति

गायिका दिलमाया मृत्यु प्रकरण : प्रेमी सूर्यलाई ५ दिन थुनामा राख्न अनुमति

नेपालखबर
असार १३, २०७९ सोमबार १८:४७, काठमाडौँ

गायिका दिलमाया सुनार हत्या आशंकामा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

गत शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया कामी (सुनार) आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। 

तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित एक घरमा डेरा गरी बस्ने दिलमायाको हत्या आशंकामा उपत्यका अपराध अनुसन्धान महाशाखाले सिन्धुपाल्चोकको साँगाचोकगढी २ का सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो। 

मृतकको घाँटीमा डाम देखिएको छ। पक्राउ परेका श्रेष्ठले दिलमायाले झुण्डिएर आत्महत्या गरेको बताएका छन्। तर दिलमाया झुण्डिएको भनिएको पासो महाराजगन्जमा फेला परेको छ। त्यो सल श्रेष्ठले नै त्यहाँ फालेको खुलेको छ। 

मृतकको मोवाइल फेला परेको छैन। यस्तै मृतकका आफन्त आइतबार साँझ आइपुगेपछि पोष्टमार्टम गरिएको छ। तर रिपोर्ट आउन बाँकी रहेको बालाजु वृत्तका डीएसपी गौतम मिश्रले बताए। 

३८ वर्षीय सूर्य र दिलमाया श्रीमान श्रीमती बताएर सँगै बस्ने गरेको खुलेको प्रहरीले जनाएको छ। ८ बजे दिलमायाको कोठामा पुगेका सूर्य भोलिपल्ट बिहान ४ बजे त्यहाँबाट फरार भएका थिए। 

दिलमायाका बुबाले सूर्यविरुद्ध कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिएका छन्। प्रहरीले जाहेरी दर्ता गरी थप अनुसन्धान गरिरहेको छ।

लोकगायिका दिलमायाको रहस्यमय मृत्यु : प्रेमीको बयान र हराएको मोबाइलले जन्मायो शंका

सूर्यको बयान : रक्सी पिएर सुतेका थियौँ, उठ्दा दिलमायालाई झुन्डिएको देखेँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad