अपराध


पोष्टमार्टम रिपोर्ट : लोकगायिका दिलमायाको मुत्युको कारण ‘झुन्डिएर’

पोष्टमार्टम रिपोर्ट : लोकगायिका दिलमायाको मुत्युको कारण ‘झुन्डिएर’

नेपालखबर
असार १४, २०७९ मंगलबार २०:१०, काठमाडौँ

लोकगायिका दिलमाया सुनारको मृत्युको कारण आत्महत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा शनिबार विहान मृत फेला परेकी थिइन्। 

सोमबार दिलमायाको शव पोष्टमार्टम गरिएको थियो।

‘पोष्टमार्टममा ‘ह्याङ्गिङ’ (झुन्डिएर) का कारण ज्यान गएको देखिएको छ। विस्तृत रिपोर्ट दिन बाँकी छ तर हामीले प्रारम्भिक जानकारी प्रहरीलाई पनि दिइसकेका छौं’, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज स्रोतले भन्यो, ‘यो भनेको आत्महत्या नै हुनसक्ने देखियो। कसैले घाँटी थिचेर हत्या गरेको हुन्थ्यो भने स्वासप्रश्वास अवरुद्ध भएर मृत्यु भएको देखिन्थ्यो। त्यस्तो पाइएन।’

अब उनकाे भिसेरा परीक्षण गरिने छ।

उनको शव बेडमा उत्तानो परेको अवस्थामा थियो। घाँटीमा निलडाम थियो। त्यसैरात दिलमायासँगै रहेका उनका प्रेमी सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। दिलमायाले झ्यालमा झुन्डिएर आत्महत्या गरेको सूर्यले प्रहरीलाई बताएका छन्। 

राति आफू निदाएको बेला दिलमाया झुण्डिएको अवस्थामा देखेको र पासो खुस्काएर बेडमा ल्याए पनि दिलमायाको प्राण गइसकेको बताएका छन्।

तर उनले पासो लागेको सल महाराजगन्जस्थित झाडीमा फालेका थिए। सूर्यले नै जानकारी दिएपछि उक्त पासो लागेको सल प्रहरीले फेला पारेको थियो। 

दिलमायाको मृत्युपछि सूर्य त्यहाँबाट भागेका थिए। तर सुरुमा सूर्यले प्रहरीलाई आफू त्यहाँ नरहेको बताएका थिए। पछि सीसीटिभी फुटेज र लोकेसन ट्रयाकका आधारमा पत्ता लगाएपछि मात्रै उनले घटना हुँदा त्यहीँ रहेको स्वीकार गरेका थिए। 

यस्तै, दिलमायाको मोबाइल पनि भेटिएको छैन। त्यो मोबाइल पनि सूर्यले नै गायव गरेको प्रहरीको आशंका छ। घटना हुनुभन्दा पहिले दिलमायाको फेसबुकपेजमा सुसाइट नोट लेखिएको थियो।

त्यसबारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। यस्तै घटनामा प्रयोग भएको सल पनि ल्यावमा पठाइएको छ। 

दिलमायाका बुबाले पक्राउ परेका श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन्। प्रहरी वृत्त बालाजुको हिरासतमा राखेर श्रेष्ठमाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad