कोरिया जान लागेका एक कोरियन नागरिक कस्तुरीको विनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।
मंगलबार कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका जंग जून जुन नामक कोरियन नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा प्रहरीले पक्राउ गरेको हो।
सुरक्षा खानतलासीको क्रममा उनलाई ‘मेटल फ्री’ गराई चेकजाँच गर्दा उनले लगाइ आएको निलो रंगको म्याक्स१५ लेखिएको जुत्तालाई एक्स–रे मेशिनमा राख्न लगाई स्क्रिनिङ गर्दा दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विना जस्तो देखिने धुलो सहितको पोका थान–२ (प्रत्येक जुत्तामा १/१ पोकाको दरले) को अन्दाजी तौल ७१६ ग्राम फेला परेको थियो।
पक्राउ परेका ती कोरियन नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया