भारतको प्रमुख औद्योगिक घराना रिलायन्स इन्डस्ट्रिजमा मंगलबार उत्तराधिकार योजनाको पहिलो घोषणा भएको छ।
अर्बपति मुकेश अम्बानीले ३० वर्षीय छोरा आकाश अम्बानीलाई रिलायन्स जियोको अध्यक्षमा नियुक्त गरेका हुन्। योसँगै ६५ वर्षमा मुकेशले अर्को पुस्तालाई व्यावसायिक जिम्मेवारी सुम्पिएका छन्। उनी आफू भने चर्चित दूरसञ्चार कम्पनीको बोर्डबाट हटेका छन्।
मुकेश र उनकी श्रीमती नीता अम्बानीका तीन सन्तानमध्ये आकाश जेठा छोरा हुन्। आकाशबाहेक छोरी ईशा र छोरा अनन्त रहेका छन्। यी तीनमध्ये एकले कुनै प्रमुख कम्पनीमा पाएको नेतृत्वको यो पहिलो उदाहरण भएको भारतीय मिडियाले जनाएका छन्।
आकाश र ईशा पहिलेदेखि नै जियो र रिलायन्स रिटेलको बोर्डमा थिए। अनन्त भने जियो प्लेटफर्मको बोर्डमा छन्। मुख्य कम्पनी रिलायन्स इन्डस्ट्रिजको कुरा गर्दा बोर्डमा अहिले अम्बानीका सन्तानहरु जानै बाँकी छ। रिलायन्स इन्डस्ट्रिजमा अहिले मुकेशको दम्पतीले मात्रै अम्बानी परिवारको प्रतिनिधित्व गरिरहेका छन्। मुकेश अम्बानी जियो प्लेटफर्म र रिलायन्स रिटेल भेन्चर्स लिमिटेडका अध्यक्ष पनि बनेका छन्।
पछिल्लो केही वर्षयता टेलिकम र रिटेल संस्थासम्बन्धी अधिकांश कर्पोरेट घोषणाका बीच विशेष रुपमा आकाश र ईशालाई देखिँदै आएको थियो। आकाश अम्बानी सन् २०१४ मा रिलायन्स जियोको बोर्डमा सामेल भएका थिए। मंगलबार नियामक निकायमा बुझाइएको कागजातमा जियोले गरेको यो घोषणा सोमबार बोर्डले गरेको निर्णयलाई अनुमति दिइएपछि आएको हो। योसँगै आकाशले अध्यक्षको पदभार ग्रहण गरेको बताइएको छ।
त्यस्तै जियोबाट मुकेश अम्बानीको राजीनामा पनि तत्काल स्वीकृत भएको छ। लामो समययता रिलायन्स ग्रुपसँग जोडिएको पंकज पवार पाँच वर्षका लागि जियोका एमडी नियुक्त भएका थिए।
लगानी जुटाएको श्रेय
मुम्बईमा धीरुभाइ अम्बानी स्कुलबाट आकाशले आफ्नो विद्यालय शिक्षा पूरा गरेका थिए। उनले पछि ब्राउन युनिभर्सिटीबाट ग्रेजुएट गरे। टेलिकम र रिटेलमा समूहको विसतारको लागि लन्च र विकास रणनीतिलाई बढाउनेबाहेक आकाशलाई २०२० मा जियो प्लेटफर्ममा धेरै लगानी ल्याएको श्रेय उनैलाई जान्छ। कमपनीले यो अवधिमा ४६ लाख करोड मूल्यांकनमा डेढ लाख करोड जुटाएका थिए। जियो प्लटेफर्मले यो लगानी फेसबुक, गुगल, इन्टेल, केकेआर र सिल्भर लेक जस्ता कम्पनीबाट जुटाएको थियो।
यही लगानीपछि समूहभित्रै उत्तराधिकार योजनाबारे छलफल सुरु भएको थियो। तर आधिकारिक रुपमा कम्पनीहरुले यसबारे केही बताएका थिएनन्। सम्भावित उत्तराधिकार योजनाको साथै बजार पहिलेदेखि नै अस्तव्यस्त थियो। किनभने जियो प्लेटफर्मको आधिकारिक मिडिया घोषणामा आम रुपमा आकाशको भनाइ हुन्थ्यो। जब कि रिटेलसँग सम्बन्धित घोषणामा ईशाले टिप्पणी गर्थिन्। यसबाट पनि ईशालाई खुद्रा कारोबारको नेतृत्व गर्न तयार गराइँदै छ भन्ने अड्कल काटिन थालिएको थियो।
रिलायन्स जियोले सन् २०१६ को सेप्टेम्बरमा वाणिज्यसम्बन्धी परिचालन सुरु गरेपछि यो इन्डस्ट्रीको पूरै व्यापार मोडल रोकिदियो। कम्पनीले भ्वाइस कलिङलाई निःशुल्क गरिदियो। जो मोबाइल डेटा तथा इन्टरनेटको मूल्य घट्नुको कारण बन्यो। आर्थिक वर्ष २०२२ को नजिकतिर रिलायन्सको डिजिटल बिजनेस युनिट, जसमा मुख्य रुपमा जियो सामेल छ, को कारोबार १ लाख करोड रहेको थियो। यसले रिलायन्सको ७ लाख ९० हजार करोड भारुको कारोबारमा १३ प्रतिशत योगदान दिएको थियो। नवभारत टाइम्सबाट
प्रतिक्रिया