निर्माण


सडकले जोडिँदै रारा र शे-फोक्सुण्डो ताल

सडकले जोडिँदै रारा र शे-फोक्सुण्डो ताल

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ९:३०, काठमाडौँ

मुगुको रारा र डोल्पाको शे-फोक्सुण्डो ताललाई जोड्ने त्रिपुराकोट-मौर सडकको स्तरोन्नति गर्न लागिएको छ।

डोल्पाको त्रिपुराकोट नगरपालिका-१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको हो। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको छ भने अर्को मार्गबाट पनि जुम्ला जोड्ने लागिएको हो। 

त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट २५ करोड ९९ लाख ८८ हजार रुपैयाँ बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए। सडक स्तरोन्नतिपछि जुम्ला र डोल्पाका बासिन्दा तथा पर्यटकलाई सहज हुनेछ। 

यससँगै रारा र शे-फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने मन्त्री बुढाले बताए। कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै सडकसँग जोडिएमा दुवै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ। स्थानीय बासिन्दाले पर्यटक लक्षित व्यवसाय गरेर आर्थिक उपार्जन समेत गर्न सक्ने उनको भनाइ छ। त्यसैगरी, चुँगार्ड, लिकु हुँदै बलाङ्ग्रा जोड्ने सडकका लागि चार करोड रुपैयाँ बजेट छुट्याइएकाले थपेर कामको सुरुआत हुने बताए। 

बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यस सडकखण्डले त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको राराताल जोड्ने सडकका रूपमा लिइएको डोल्पास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानले जानकारी दिए। दुई वर्षभित्र स्तरोन्नति सक्नुपर्ने सडकको सम्झौता भने गत असारमा भएको हो। 

त्रिपुराकोट-मौरे सडकको लम्बाइ ६८ किलोमिटर छ। सडकको मार्ग खुलाउने कार्य यसअघिनै भइसकेकाले यो बजेटबाट नालासहितको ग्राभेल सडक निर्माण गरिने उनले जानकारी दिए। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad