समाज


३ दिनअघि मात्रै खोलिएको एमाले नेतृ शान्ता चौधरीको अचार पसलमा आगलागी

३ दिनअघि मात्रै खोलिएको एमाले नेतृ शान्ता चौधरीको अचार पसलमा आगलागी

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ९:५८, सुर्खेत

तीनदिन अघिमात्रै सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गरिएको नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचार पसलमा आगलानी भएको छ। 

आइतबार बिहान करिब ३ बजेको समयमा चौधारीको पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। 

शान्ता चौधरी आफैँ आएर तीनदिन अघि शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटमा अचार पसल सञ्चालन गरेकी थिइन्। 

पसलमा आगलागी भएपछि नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन्।

उनले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ। नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’

यस्तै, शान्त चौधरीको पसलसँगै एमाले सुर्खेत जिल्ला कमिटी सदस्यको फेन्सी पसलमा पनि आगजनी भएको छ। यी आगलागीका घटना शंकास्पद हुनेसक्ने नेतृ शान्ताले बताइन्। तर, प्रहरीले आगो उद्योगबाटै लागेको अनुमान गरेको छ। 

आगजनीबाट ३० लाख रुपैयाँभन्दा बढी धनमालको क्षति भएको अनुमान प्रहरीको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad