किया गाडीले १८ गतेदेखि सुरु गरेको सवारीसाधन साटफेर मेला यही भदौ २७ गतेसम्म सञ्चालन हुने भएको छ। कम्पनीका गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले मेलामा आएर ग्राहकले जुनसुकै कम्पनीका ब्रान्डको कार साट्न पाउने जनाएको छ।
जुनसुकै ब्रान्डका गाडी भए पनि कियाका नयाँ गाडीसँग साट्दा आकर्षक नगद छुट दिइनेछ। पुराना गाडीको पनि उचित मूल्यांकन गरिने कम्पनीले जनाएको छ। त्यस्तै फाइनान्सको पनि राम्रो व्यवस्था गरिएको कम्पनीले जनाएको छ । हालै सम्पन्न नाडा अटो शोमा केआईए (किया)को नयाँ विद्युतीय गाडीसमेत सार्वजनिक गरिएको थियो।

हालसम्म उक्त गाडी ८५ वटा बिक्री भएको र २० वटा बुकिङ भइसकेको कियाका एजीएम सेल्स एण्ड मार्केटिङ हेर्ने अनिश लामिछानेले बताए। विद्युतीय गाडी निरोको मूल्य ६६ लाख ९९ हजार रहेको छ। नाडामा कियाको लगभग २ सय गाडीमा राम्रो प्रतिक्रिया आएको कम्पनीले जनाएको छ।
कियाको सेल्टोस गाडी हालै भारतमा सार्वजनिक भइसकेको छ। उक्त गाडीको लागि नेपालमा पनि राम्रो प्रतिक्रिया आएको कम्पनीले जनाएको छ। किया सेल्टोसको बुकिङ नेपालमा पनि कम्पनीले खुल्ला गरिसकेको छ।
सुरुमा कम्पनीले ५३ लाख ९० हजारमा गाडीको बुकिङ खुल्ला गरेको जनाएको छ। सुरुवाती चरणमा दुई सय सेल्टोस गाडीको बुकिङ खुल्ला गरिएको लामिछानेको भनाइ छ। सुरुमा बुकिङ गर्ने ग्राहकले सुरुवाती मूल्यमै गाडी पाउने र अन्य सुविधा पनि दिने कियाले जनाएको छ।

प्रतिक्रिया