टोयोटाको चर्चित मोडल ल्याण्डक्रुजरको नयाँ जेनेरेसन मोडल एलसी ३०० वर्ल्ड प्रिमियर भएको छ।
नयाँ ल्याण्डक्रुजरर एलसी ३०० को ड्यासबोर्डमा फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ डिजाइनको स्टेरिङ ह्विल, लेदर सिटलगायतका विशेषता छन्।
टोयोटाले नयाँ जेनेरेसनको तौल २०० किलोग्रामले घटाएको जनाएको छ।
सुरक्षाको लागि पार्किङ सपोर्ट ब्रेक सुविधा छ। अगाडिको ग्रिलमा होराइजन्टल क्रोम फिनिसिङ, नयाँ डिजाइनको रेक्टेङ्गुलर आकारको हेडल्याम्प, बक्सी डिजाइन बडी, आकर्षक रुफरेलजस्ता फिचर छन्।
पेट्रोल र डिजेल इन्जिन रहेको एलसी ३०० ट्विन टर्बो भी६ मा उपलब्ध छ। ३.५ लिटर इन्जिनले अधिकतम ४१५ पीएस र ६५० एनएम टर्क जेनेरेट गर्छ।
त्यसैगरी ३.३ लिटर इन्जिनले अधिकतम ३०९ पीए र ७०० एनएम टर्क जेनेरेट गर्ने टोयटाले उल्लेख गरेको छ।
टोयोटाले सन् १९५१ देखि ल्यान्ड कु्रजरका उत्पादन गर्दै आएको थियो। अहिले बजारमा २००७ सालमा बजारमा आएको २०० सिरिजको ल्यान्ड क्रुजर बिक्री भइरहेको छ।
७० वर्षमा १०.४ मिलियन अर्थात् १ करोड ४ लाख युनिट ल्यान्डक्रुजर बिक्री गरेको कम्पनीले दाबी गरेको छ।
प्रतिक्रिया