सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गतको पहिलो खेल कुवेतस्थित जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १०ः४५ बजे शुरु हुनेछ।
हेड टू हेड
नेपालले कुवेतलाई सिनियर लेभलमा कहिलै हराउन सकेको छैन्। नेपाल र कुवेत अहिलेसम्म ६ पटक आमने सामने हुँदा ५ पटक कुवेतले जितेको छ भने १ खेल बराबरीमा सकिएको छ।
१९८२ को एसियन गेम्समा नेपाल र कुवेत पहिलोपटक भिडेका थिए। नयाँ दिल्लीमा भएको उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो। त्यसबेला वाइबी घलेले नेपालका तर्फबाट गरेको उक्त गोल नै कुवेती पोस्टमा नेपालले गर्न सकेको एकमात्रै गोल हो। त्यसबाहेक ६ खेलमा नेपालले २२ गोल खाएको छ।
कुवेतविरुद्ध नेपालले १ गोल गरेको छ भने २२ गोल ब्यहोरेको छ।
कुवेतसँग नेपालक १९९४ मा भएको एसियन गेम्समा सबैभन्दा ठूलो ८–० को हार ब्यहोरेको थियो। गत मार्चमा मैत्रीपूर्ण खेलमा गोलरहित बराबीमा रोक्नु नै उसविरुद्ध नेपालको सबैभन्दा ठूलो सफलता हो।
पछिल्ला ५ महिनामा कुवेतले ५ वटा अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा उसले २ मा जित, २ मा बराबरी र एकमा हारको नतिजा ब्यहोरेको छ।
नेपाली खेलाडी ले भने पछिल्लो पछिल्लो एकवर्षमा मात्रै ५ खेल खेल्न पाएका छन्। ती ५ वटै खेलमा नेपालले जित हात पार्न सकेको छैन्। तीन खेल हारेको नेपालले दुई खेल बराबरी गरेको छ।
कुवेतविरुद्धको एक खेलमा हार र एक खेलमा बराबरी, मलेसियासँग २–० को हार, चाइनिज ताइपेलाई १–१ को बराबरी तथा गत भदौ ९ गते मलेसियन क्लब दारुलसँग १–० ले पराजित हुनु नेपाली पछिल्ला ५ खेलका नतिजा हुन्।
कसरी पुगिन्छ विश्वकप?
आगामी विश्वकप २०२२ मा एसियाली राष्ट्र कतारमा हुने यसअघि नै टुंग्गो लागिसकेको छ। सोही विश्वकपका लागि अहिले छनोट प्रतियोगिता भइरहेका छन्।
नेपालले बिहीबार देखि सोही विश्वकप अन्तर्गतको एसिया छनोटका दोस्रो चरणका खेलहरु खेल्न लागेको हो। जसअन्तर्गत पहिलो खेल नेपालले बिहीबार कुवेतसँग खेल्दैछ। चार महिनाअघि एसियाको शीर्ष ३४ भित्र रहेपछि नेपालले पहिलो चरण नखेली दोस्रो चरणमा प्रवेश पाएको हो।
दोस्रो चरणमा एसियाका ४० राष्ट्रले सहभागिता जनाउँदैछन्। उनीहरुलाई विभिन्न ८ समूहमा बाडिएको छ। नेपाल समूह बीमा छ। नेपाली समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे छन्। सबै राष्ट्रले होम र अवेका आधारमा एकअर्कासँग खेलेपछि समूहको शीर्षमा रहने टोली तेस्रो चरणमा पुग्नेछ। साथै सबै समूहका खेल सकिएपछि उत्कृष्ट ४ समूह उपविजेता टोलीलाई पनि तेस्रो चरणमा प्रवेश दिइन्छ।
यो पनि:बलियो कुवेत, उत्साही नेपाल
तेस्रो चरणमा दोस्रो चरणबाट आएका १२ टोलीलाई दुई समूहमा बाँडिनेछ। एउटा समूहमा हुने ६ टिमले पुन: होम एण्ड अवेका आधारमा खेल्नेछन्। दुवै समूहका शीर्ष २ टोली विश्वकपमा छानिनेछन्। यस्तै तेस्रो हुने २ टोलीले चौथो चरणको छनोट खेल्नेछन्।
चौथो चरणमा तेस्रो चरणबाट आएका २ टोलीहरुले होम एण्ड अवेका आधारमा २ लेग(होममा २, अवेमा २)को खेल खेल्नेछन्। त्यसको विजेता टोली इन्टर कन्फिडेरेशन प्लेअफ खेल्नेछ। जहाँ एएफसी, कोन्काकेफ, कोनमेबोल र ओएफसीबाट आएका चार टोलीहरुबीच प्रतिस्पर्धा हुनेछ।
उनीहरुले पनि होम एण्ड अबेका आधारमा २ लेगको खेल खेल्नेछन्। अन्तिममा शीर्ष २ स्थानमा रहने टोली विश्वकपमा छानिनेछन्।

प्रतिक्रिया