अर्थनीति


जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १२:५०, काठमाडौँ

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेस गर्ने बताएका छन्। 

बिहीबार काठमाडौँमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सिंहले विधेयकमा केही सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेस गर्ने बताएका हुन्।  

उनले ऊर्जा विधेयकलाई समेत शेयरधनी नेपालीको हक र हित हुनेगरी ल्याउने प्रतिवद्धता व्यक्त गरे। उनले अहिलेका शासकहरुले पानीको महत्व नबुझेको कारण मानवनिर्मित तालतलैयाहरू सुक्दै गएको बताए।  

‘जलस्रोत विधेयक र उर्जा विधेयक पूर्वाधार विकास समितिमा आएको छ। पहिला ऊर्जा विधेयक आयो त्यसपछि जलस्रोत विधेयक आयो । जलस्रोत विधेयकमा हामी दुईचार वटा कुराहरुमा हामी अड्किएका छौँ तर केही समयमा हामी आपसमा छलफल गरेर सबैको सल्लाह सुझावलाई लिएर छिटोभन्दा छिटो अगाडि बढाउन गइराखेका छौँ,' उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad