बेनेली भारतले बीएस ६ इन्जिनसहितका ७ वटा मोटरसाइकल सार्वजनिक गर्ने भएको छ। हाल कम्पनीको इम्पेरियल ४०० मात्रै बीएस ६ इन्जिन युक्त रहेको छ।
बेनेलीले बीएस ४ मा उत्पादन गर्दै आएका सबै मोटरसाइकल बीएस ६ मापदण्डमा उत्पादन गर्ने बताएको छ ।
बेनलीले टीआरके ५०२, टीआरके ५०२एक्स, लेवनीको ५००, ३०२एस, ३०२ आर, लेवनीको २५० र टीएनटी ६०० आई बीएस ६ इन्जिन सहितको ल्याउने जनाएको छ ।
कम्पनीले कहिलेसम्म यी बाइक लञ्च गर्ने मिति नतोके पनि छिट्टै लञ्च गर्ने बताएको छ ।

प्रतिक्रिया