ad ad

बाइक


याडियाका तीन मोडलका विद्युतीय स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

याडियाका तीन मोडलका विद्युतीय स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

नेपालखबर
असार १०, २०७८ बिहिबार ८:२४,

दुईपाङ्ग्रे विद्युतीय सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा भित्रिएको छ।

याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो।

चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सर्वाधिक धेरै इलेक्ट्रिक स्कुटर विक्री गर्ने कम्पनी पनि बन्न सफल भएको छ ।

कुजु नेपाल प्रालिले याडियाको युरोपियन स्ट्यान्डर्डका उत्कृष्ट स्कुटर नेपाली बजारमा ल्याएको हो।

अहिले याडियाका ‘जी फाइभ, सि वान एस र एस–लाइक’ तीन मोडल कम्पनीको टंगालमा रहेको सुविधासम्पन्न शोरुमबाट ग्राहकले खरिद गर्नसक्ने कम्पनीले जनाएको छ।

g52021

१. जी ५ : मूल्य ३ लाख ३० हजार
झट्ट हेर्दा आकर्षक डिजाइनमा आएको जी ५ स्कुटरमा जिटीआर ३.० ब्रोडब्यान्ड मोटर प्रयोग गरिएको छ।

उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १२०० वाट रहेको छ।

त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ। यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरलाई ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिन्छ ।

जी५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ।

यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ। यसमा प्रयोग भएको व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ भने यो सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।

याडिया जि ५ मा ७ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ। यसको फ्रन्ट फर्क उच्च गुणस्तरको आल्मुनियमद्धारा निर्माण गरिएको छ ।

त्यस्तै १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइहरु एलइडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज क्षमता पाउन सकिन्छ ।

यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

c1s2021

२. सी१ एस : मूल्य ३ लाख ५० हजार
याडिया सी१ एसमा जी ५ कै समान जिटीआर ३।० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ।

उक्त मोटरले अधिकतम २२०० वाट पावर प्रदान गर्छ भने, यसको रेटेड पावर १८०० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ ।

यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यस्तै यो व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ ।

यसमा ९ प्रकारको सेफ्टी प्रोटेक्सन रहेको छ । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्र्चाज प्रोटेक्सन, प्रि डिस्र्चाज प्रोटेक्सन, सन्तुलित फंक्सन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ ।

याडिया सी१ एसमा ५ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड शोलुसन सिस्टम रहेको छ ।

यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायर, दुबैतर्फ डिस्क ब्रेक, २५ लिटरको स्टोरेज क्षमता रहेको छ ।

यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । 

SLIKE

३. एस–लाइक : मूल्य २ लाख ३० हजार
याडिया एस–लाइकमा पनि जीटीआर ३.० ब्रोडब्यान्ड मोटर प्रयोग गरिएको छ।

उक्त मोटरले अधिकतम १२०० वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर २००० वाट रहेको छ । त्यस्तै यो मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ । यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड रहेको छ । यो स्कुटरको टप स्पीड ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ६० भोल्ट, २४ एम्पीयरको लिथियम आयोन व्याट्री प्याक उपलब्ध छ । यसलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा डबल ब्याट्रीको सुबिधा समेत रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटोक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता पाउन सकिन्छ ।

याडिया एस–लाइकमा ४।२ इन्जको डिजिटल इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यसमा रहेको एलसीडी डिस्प्ले दिनमा तथा रातमा आफै एड्जष्ट हुनेछ । यसको फर्क उच्च गुणस्तरको आल्मुनियम द्धारा निर्माण गरिएको छ । त्यस्तै यसमा १२ इन्चको ट्युवलेस टायरको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा १८ लिटरको स्टोरेज क्षमता रहेको छ ।

यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

सुरुवाती ग्राहकलाई २५ हजार नगद छुट दिने कम्पनीले जनाएको छ। प्रत्येक स्कुटरको खरिदमा २५ हजार नगद छुट दिने कुजु नेपालले जनाएको छ।

सुरुमा याडिया ब्राण्ड रोज्ने १५ ग्राहकलाई यो नगद छुट प्रदान गरिने छ । यो योजनाबाट हाम्रा ३ वटै मोडलका पहिलो १५ ग्राहक गरेर कुल ४५ ग्राहकले २५ हजारका दरले नगद छुट पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .