ad ad

बाइक


एलभिनेङ र जम्बो ब्रान्डका चार मोडलका स्कुटर नेपाल भित्रियो, मूल्य कति?

एलभिनेङ र जम्बो ब्रान्डका चार मोडलका स्कुटर नेपाल भित्रियो, मूल्य कति?

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १६:०,

जम्बो इको भेहिकलले ब्याट्रीबाट चल्ने दुई ब्रान्डका चार मोडलका स्कुटर नेपाल भित्र्याएको छ ।

कम्पनीले इलेक्ट्रिक स्कुटर कम्पनी एलभिनेङ्ग ब्रान्डका ‘एक्सआइ’ र ‘एस५’, जम्बो ब्रान्डका डि०६ र एम२० मोडलका इलेक्ट्रिक स्कुटर नेपालमा ल्याएको हो ।

कम्पनीका अनुसार स्कुटरमा तीन घण्टामा फूल चार्ज गर्न सकिने सामसङ ब्याट्री जडान गरिएको छ । डुअल ब्याट्री विकल्पमा रहेकोले एक सय ६० किमिसम्मको यात्रा गर्न सकिन्छ ।

स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखिने धएकाले पनि यस्तो लोकप्रियता बढ्ने कम्पनीको दाबी छ ।

इको भेकल्स प्रालिका बिक्रेता नारायण गौतमका अनुसार उक्त स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा र प्रयोग भएका पार्टपुर्जा उत्कृष्ट छन् ।

एक्सआइ मोडलमा २०२० र एसफाइभ मोडलमा तीन हजार वाटका बीओएससीएच मोटर जडान गरिएको छ । त्यस्तै जम्बो ब्रान्डको डि०६ र एम२०मा क्रमशः दुई हजार वाट र १५ सय वाटका मोटर जाडान गरिएको छ ।

बीओएससीएच कम्पनीको यो मोटरमा लामो समय काम गर्ने क्षमता, उच्च भिरालोमा पनि यो स्कुटर लान सकिन्छ । सामसङ ब्याट्री जडान गरिएका सो स्कुटरमा तीन घण्टामा फूल चार्ज गर्न हुन्छन् ।

एक्सआइ स्कुटरको मूल्य दुई लाख ६० हजार, एस५को दुई लाख ९९ हजार नौ सय ९९ पर्छ । त्यस्ते डि०६ र एम २० को क्रमशः २ लाख ३५ हजार र एक लाख ८५ हजार मूल्य तोकिएको छ ।

यी स्कुटरमा डबल ब्याट्री राख्न चाहेमा ६० हजार थप गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ती स्कुटर १५ रुपैयाँ बराबरको विद्युत् खपत गरेर ८० किलोमिटर गुड्न सक्छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .