ad ad

बाइक


शिव हुमागाईंको प्रश्न : माओवादीका बाबुछोरा मुछिँदा कांग्रेस नेताहरु गृहमन्त्रीकहाँ किन गएनन्?

शिव हुमागाईंको प्रश्न : माओवादीका बाबुछोरा मुछिँदा कांग्रेस नेताहरु गृहमन्त्रीकहाँ किन गएनन्?

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८० आइतबार १२:४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले यही तरिकाको अनुशासनहीनताले पार्टी अघि बढ्न नसक्ने बताएका छन्। 

आइतबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा उनले कांग्रेसमा अनुशासनहीनताले चरम सीमा नाघेको पनि बताए।

उनले २०७९ मंसिरको निर्वाचनमा आफूलाई हराउन कांग्रेसकै नेताहरु लागेको पनि बताए। हुमागाईंले एमालेका नेता गोकुलप्रसाद बास्कोटालाई जिताउन कांग्रेसकै सिनियर नेताहरु लागेको भन्दै यसबारे सोच्ने बेला आएको उल्लेख गरे। 

‘मैले देशकै एकजना बदनाम मान्छेसँग चुनाव लडेँ। तर पार्टीकै जिम्मेवार नेताहरु उहाँलाई सघाउन लागे’, उनले भने, ‘कांग्रेसकै नेताहरुका कारण मैले चुनाव हार्न पुगेँ।’

उनले नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा कांग्रेसकै नेताहरु गृहमन्त्री नारायणकाजी श्रेष्ठकहाँ डेलिगेशन गएको प्रसंगलाई उनले चरम अनुशासनहीनताको अवस्था भने। 

‘हाम्रा नेता बालकृष्ण खाँण पक्राउ पर्दा कांग्रेसकै नेताहरु गृहमन्त्रीकहाँ लर्को लागेर डेलिगेश जानु भएको थियो’, उनले कटाक्ष गर्दै भने, ‘अहिले माओवादी नेताकै बाउछोरा सुन तस्करी प्रकरणमा मुछिँदा डेलिगेशन जाने कि नजाने?’ 

हुमागाईंले देशमा अहिले चरम निराशाको अवस्था रहेको बताए। मुलुकमा कसैप्रति विश्वास नभएको भन्दै जनता पर्ख र हेरको अवस्थामा बताए। देश पनि अहिले भगवान भरोसामा चलेको उनले बताए। 

‘यो निराशालाई बदल्न गम्भीर परिस्थितिमा महासमिति बैठक हुँदैछ। जनता बाँच्न सक्ने अवस्था छैन। आर्थिक अवस्था कहाली लाग्दो अवस्था छ’, उनले भने, ‘हामीले सरकार र पार्टी दुवैमा अनुशासनलाई कडाइका साथ लागु गरिएन भने, लापरबाही गर्ने हो भने पार्टी अघि बढ्न सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .