बाइक


टीभीएसद्वारा नेपालमै पहिलो पटक लाइभ स्मार्टमार्फत बाइक लन्च

टीभीएसद्वारा नेपालमै पहिलो पटक लाइभ स्मार्टमार्फत बाइक लन्च

नेपालखबर
भदौ २, २०७७ मंगलबार ९:४६,

विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी टीभीएस मोटर कम्पनीले अत्याधुनिक प्रविधिको, सुविधा सम्पन्न अपाचे आरटीआर २०० ४भीको नयाँ २०२० संस्करण सार्वजनिक गरेको छ।

नेपालमा टिभीएस मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेड (जेएमपीएल) ले भित्र्याउने गरेको छ। स्मार्ट सुविधाहरु भएकाले र साथै तत्कालिन अवस्थालाई मध्यनजर राख्दै, यो मोटरसाइकल बिभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो।

लाइभ स्मार्ट लन्च कार्यक्रम, जगदम्बा मोटर्सको आधिकारिक युट्युब च्यानल, फेसबुक र ईन्स्टाग्राम पेजसँगै लगभग १०० भन्दा बढी अन्य लोकप्रिय युट्युब च्यानल र फेसबुक/ईन्स्टाग्राम पेजमार्फत पनि प्रत्यक्ष प्रशारण जाने गरि गरिएको थियो, जसमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नयाँ स्मार्ट अपाचे आरटीआर २०० ४भी एबीएस विथ स्मार्ट कनेक्ट अनावरण गरेका थिए।

यसैगरि उक्त कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन बिभिन्न कलाकारहरु जस्तै स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राइले आफ्ना गीतहरुका साथ रमाइलो प्रस्तुति दिएका थिए। कार्यक्रममा कलाकार वर्षा राउत तथा राइड्रर सागरको पनि उपस्थिती थियो।

200_cc_black_without_stand_FLAT.jpg

टीभीएस अपाचे आरटीआर २०० ४भीको यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ। यस मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका छन् जसले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने छ।

साथै मोटरसाइकलमा एबीएस विथ आरएलपी (रियर व्हील लिफ्ट अफ् प्रोटेक्सन), फेदर टच स्टार्ट, रेडिएल टायर, एलइडी हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र उन्नत स्लिपर क्लच जस्ता सुविधा समेत रहेका छन् जसकारण यो एउटा स्मार्ट र अनबिटेबल मोटर साइकलको रुपमा प्रस्तुत भएर आएको छ।

नयाँ स्मार्ट मोटरसाइकल अनावरण पश्चात आफ्नो धारणा व्यक्त गर्ने क्रममा पूर्व क्रिकेट कप्तान पारस खड्काले भने, ‘अपाचे नेपालको मार्केटमा लामो समय देखि रहि आएको छ र यसको २०० सीसीको संस्करण एकदमै उत्कृष्ठ रहेको छ। म आफैँ पनि लामो समयदेखि टीभीएससँग आवद्ध रहिआएको र यसले नेपाली क्रिकेटको विकासमा पनि ठुलो भूमिका खेल्दै आएको हुनाले यो नयाँ स्मार्ट मोडल आफैँ अनावरण गर्न पाएकोमा ज्यादै खुशी लागेको छ।’

यसैगरि उक्त मोटरसाइकल सार्वजनिक कार्यक्रम बारे बोल्ने क्रममा, टीभीएस मोटर कम्पनीका कार्यकारी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख, आर दिलीपले भने, ‘नेपालमा सुविधा सम्पन्न अपाचे आरटीआर २०० ४भीको नयाँ २०२० संस्करण भित्र्याउन पाएकोमा हामी एकदम खुशी भएका छौं। यो मोटरसाइकल नेपालका अपाचे मन पराउनेलाई खुशी बनाउने हाम्रो प्रतिवद्धताको एउटा प्रमाण रहने छ। हामीले विश्वास लिएका छौं कि, यसमा रहेका अत्याधुनिक सुविधाहरुले मोटरसाइकल कुदाउनमा एक नयाँ आयाम थप्नेछ।’

tvsapache1_1.jpeg

यसैगरि जगदम्बा मोटर्स प्राइभेट लिमिटेड (जेएमपीएल) का कार्यकारी निर्देशक, साहिल अग्रवालले मोटरसाइकल लन्च बारे भने, ‘हामी यहाँ जगदम्बा मोटर्स प्राइभेट लिमिटेड (जेएमपीएल)मा, हाम्रा मूल्यवान ग्राहकहरुका लागी नयाँ र आविष्कारी सामाग्रीहरु ल्याउनमा पूर्ण रुपमा प्रतिवद्ध रहेका छौं र यो अपाचे आरटीआर २०० ४भीको नयाँ २०२० संस्करण नयाँ सुविधाहरू, शैली र प्रदर्शनको एक सर्वश्रेष्ठ संयोजन रहेको छ। हामी पूर्ण विश्वस्त छौं कि यसले पक्कै पनि हाम्रा ग्राहकवर्गलाई खुशी पार्ने छ र अरुको लागि एउटा आधार बन्नेछ।’

यो अपाचे आरटीआर २०० ४भीको नयाँ २०२० संस्करणमा १९७.७५ सीसी एकल सिलिण्डर, ४–स्ट्रोक, ४–भल्भ, ओएल कुल्ड इन्जिन मोटर रहेको छ जसले ८५०० आरपीएममा २०.५पीएस् र ७००० आरपीएममा १८.१ एनएम पावर उत्पादन गर्दछ। यो मोटरसाइकल दुइओटा मनमोहक रङ्ग साइनिङ कालो र पर्ल सेतो रङ्गमा नेपालमा उपलब्ध हुने छ।

आफ्नो ३७ वर्षको गौरवान्वित रेसिङ विरासतलाई कायम राख्दै टभीीएसले विश्वका ६० भन्दा ज्यादा मुलुकहरुमा झन्डै ३ करोड ३५ लाख ग्राहकलाई प्रविधि, शक्ति, सहजता र स्टायलको मामलामा आफ्ना यस अघिका बिभिन्न मोडल मार्फत सन्तुष्ट बनाउँदै आइरहेको छ।

त्यसैलाई निरन्तरता दिँदै अनि अन्य मुलुकको सफलतालाई अँगाल्दै, नेपालमै पहिलो पटक, नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले युवा वर्गको चाहनाको मध्यनजर गर्दै स्मार्ट कनेक्ट मोटरसाइकल भित्र्याएको हो। नेपाली बजारमा टीभीएस अपाचे आरटीआर २०० ४भी एबीएस नेपालभरीका सम्पूर्ण शोरूम हरु मा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad