हिगो नामको आँधी शहर नजिकै आइपुग्दा झनै खतरनाक बनेको अब्जर्भेटरीको भनाइ छ। अधिकारीहरुले आँधी शहर नजिकै आइपुगेकाले सकर्त रहन आग्रह गरेको छ।
अब्जर्भेटरीले स्थानीय समयअनुसार आजराति १० देखि १२ बजेसम्ममा नम्बर ८ टाइफुनको सिग्नल जारी गर्ने एससीएमपीले जनाएको छ।
हाल आँधी हङकङभन्दा २ सय १० किलोमिटर टाढा भएको बताइएको छ। आँधीले दक्षिण चीन सागरमा प्रतिघण्टा २० किलोमिटरको दुरी पार गरिरहेको छ।
आज रातभरमा हङकङमा ठूलो आँधीको अनुभव हुने मौसमविदको भनाइ छ। मंगलबार बिहान ३ बजेर ४० मिनेटजाँदा हङकङमा यस आँधीबारे नंबर १ सिंग्नल दिइएको थियो। एससीएमपी
प्रतिक्रिया