बाइक


नेपाल भित्रियो जिनियस र टेल्जी ब्राण्डका विद्युतीय दुईपांग्रे सवारी, मूल्य कति?

नेपाल भित्रियो जिनियस र टेल्जी ब्राण्डका विद्युतीय दुईपांग्रे सवारी, मूल्य कति?

नेपालखबर
साउन २५, २०७७ आइतबार ८:३९,

योमा मा इ मोटर्सले नेपाली बजारमा जिनियस र टेल्जी ब्राण्डका विद्युतीय दुईपांग्रे सवारी बिक्री सुरु गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन्।

योमा मा इ मोटर्स प्रालिका निर्देशक सञ्जीव शिल्पकारले जिनियस ब्राण्डका मोटरसाइकल र टेल्जी ब्राण्डको स्कुटरको बिक्री सुरु गरेको नेपालखबरलाई जानकारी दिए।

कम्पनीले काठमाडौंको नारायणचौर नक्सालमा शोरुम राखेको छ।

new ele bike km 4

कम्पनीले जिनियस एक्स ४६ नेकेड र जिनियस एक्सवाई ४६ स्पोर्ट्स मोटरसाइकल सार्वजनिक पनि गरेको छ। निर्देशक शिल्पकारका अनुसार यी सवारीमा ४ हजार वाटको मोटर रहेको छ। यो ब्याट्रीलाई सामान्य घरको बिजुलीमा फुल चार्ज गर्न साढे ३ घण्टा लाग्नेछ। एकपटकको फुलचार्जमा यसले १०० किलोमिटर यात्रा गर्न सकिन्छ।

जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार रहेको कम्पनीले जनाएको छ।

new ele bike km 3

त्यस्तै कम्पनीले टेल्जी ब्राण्डका लायन र टाइगर नामक दुई स्कुटर सार्वजनिक गरेको छ। दुवै स्कुटरको मूल्य १ लाख ८३ हजार रुपैयाँ रहेको बताइएको छ।

टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र १.९ किलोवाट आवरको ब्याट्री रहेको छ । यी स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

टाइगरमा २.५ किलोवाट पावरको मोटर र २.३ किलोवाट आवरको ब्याट्री रहेको छ। फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने शिल्पकारले दाबी गरे।

new ele bike km 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad