गायक कुशल विश्वकर्मा र गायिका विष्णु परियारको आवाजमा रहेको तिज ‘पारीको संगी’ सार्वजनिक भएको छ। झझल्को डिजिटल म्युजिक मार्फत गीत सार्वजनिक भएको हो।
शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा छ।
जिवन सेन्चुरीको छायाँकन तथा सम्पादन र खुम मगरको निर्देशन भिडियोमा रहेको छ। ‘पारीको संगी’ गीतको भिडियोममा खुम मगर र शिल्पा कार्कीको अभिनय तथा नृत्य रहेको छ।
गीतमा मौलिक शब्द र ग्रामिण परिवेशको आधारमा तयार पारिएकोले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफू आशावादी रहेको गीतका प्रस्तुतकर्ता सुस्मिता क्षेत्रीले बताइन्।
3
Shares

प्रतिक्रिया