समाज


जवाफ दिन नसकेपछि ट्रम्प पत्रकार सम्मेलनबाट ‘धन्यवाद’ भन्दै बाहिरिए!

जवाफ दिन नसकेपछि ट्रम्प पत्रकार सम्मेलनबाट ‘धन्यवाद’ भन्दै बाहिरिए!

नेपालखबर
साउन २५, २०७७ आइतबार ८:३५,

शनिबार पाउला रेइडले ह्वाइट हाउसमा अयोजित पत्रकार सम्मेलनमा अमेरिकाका भूतपूर्व सैनिकको सुविधा सम्बन्धी प्रश्न गरेकी थिइन्।

तर ट्रम्प भने अचानक ‘सबैलाई धेरै धन्यवाद’ भन्दै पत्रकार सम्मेलनबाट बाहिरिएका थिए।

सन् २०१४ मा तत्कालिन राष्ट्रपति बाराक ओबामाले ‘भेटेरान च्वाइस प्रोग्राम’ लाई कानुनी मान्यता दिएर उनले पूर्व सैनिकलाई विभिन्न सुविधा प्रदान गरेका थिए।

तर सन् २०१८ मा ट्रम्पले ‘भेटेरान च्वाइस प्रोग्राम’लाई मारिमार्जन गर्दै ‘भीए मिसन एक्ट’ ल्याए त्यसयता ट्रम्पले ५० वर्षयता कसैले गर्न नसकेको काम आफूले गर्दै आएको दाबी गरेका छन्।

ट्रम्पले १ सय ५० पटक आफूले पूर्व सैनिकको सुविधाको लागि कानुन ल्याएको दाबी गरिरहँदा शनिबार पत्रकार पाउला रेइडले यो कानुन सन् २०१४ मै आएको बताउँदै, तपाइँ किन झुठो बयान दिइरहनु हुन्छ? भनेर प्रश्न गरेकी थिइन।

ट्रम्प भने नसुनेको झै गरेर पत्रकार सम्मेलनबाट बाहिरिएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad