बाइक


टीभीएसको एनटर्क १२५ रेस संस्करणकाे स्कुटी सार्वजनिक

टीभीएसको एनटर्क १२५ रेस संस्करणकाे स्कुटी सार्वजनिक

नेपालखबर
पुस ९, २०७६ बुधबार १२:३,

एनटर्क १२५ को रेस एडिसनको नेपालमा सार्वजनिक भएको छ। टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुधबार रेस संस्करण सार्वजनिक गरेको हो ।

रेस एडिसनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ। यसमा हजार्ड ल्याम्प अर्थात् आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ।

एनटर्क १२५ को रेस एडिसन सर्वाजनिक गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले युवालाई लक्षितगरी स्कुटर सार्वजनिक गरेको बताएका छन्।

tvs nterk 2

स्कुटरमा एक्सक्लुसिभ एप्लिकेसनसंग पेयर्ड गरिएको बताए। उनले १२५ सीसीमा ३ वटा भल्भ भएको नेपालमा पहिलो स्कुटर रहेको बताए।

स्कुटरमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। जसको मुल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकेको छ।

tvs nterk 3

टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी , सिगंल सिलिन्डर, ४–स्ट्रोक, एयर कूल्ड इन्जिन रहेको छ। यसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ।

एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ। हाल हेलोजीन हेडल्याम्प रहेको स्कुटरमा अझै धेरै भिजिवलिटी सहितको नयाँ डिजाइनको एलइडी हेडल्याम्पमा दिइएको हो।

tvs nterk 4

१२ भोल्टको ब्याट्री, १५५ ग्राउन्ड किलियरेन्स, ५ लिटर क्षमताको इन्धन ट्याङ्क, ट्युबलेस टायर जस्ता फिचर रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad