ad ad

बैंक/वित्त


बैंक खाता खोल्नासाथ एनआईसी एसियामा ८४ लाखको बीमा, १ खाताले ४ जनालाई सुविधा

बैंक खाता खोल्नासाथ एनआईसी एसियामा ८४ लाखको बीमा, १ खाताले ४ जनालाई सुविधा

नेपालखबर
फागुन २३, २०७८ सोमबार २१:३८, काठमाडौँ

सामान्यतया बैंकहरूमा खाता खोलेपछि बैंकहरूले खातावालालाई मात्र बीमा फाइदा उपलब्ध गराउछन् भन्ने आम सर्वसाधारणको बुझाइ छ। 

तर, सर्वसाधारणको त्यो बुझाइलाई एनआईसी एसियाले गलत प्रमाणित गर्दै आफ्नो बैंकमा खाता खोल्ने खातावाला र खातावालाबाट मनोनीत अन्य तीन व्यक्तिलाई समेत बीमा फाइदा उपलब्ध गराउदै बैंकले दिने बीमासम्बन्धी सेवामा नयाँ आयामको सुरुवात गरेको छ। 

यस्तो योजना बैंकिङ इन्डष्ट्रीमै नौलो हो। एनआईसी एसिया बैंकले आफ्नो बैंकलाई थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने नीति लिएको छ। 

सोही नीति तथा रणनीति अनुरुप बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै लगेको हो। 

पछिल्लो समयमा बैंकहरूले ग्राहकहरूको आवश्यकतालाई पहिचान गरी यस्ता अकर्षक फाइदाहरू ल्याएका छन्। जसअन्तर्गत खाता खोलेमात्रै पनि धेरै फाइदाहरू र जीवन उपयोगी फाइदाहरू दिने गरेका छन्। यसै क्रममा एनआईसी एसिया बैंकले आफूलाई जनमानसबीच सर्बोकृष्ट श्रेणीमा स्थापित गराउन सफल भएको छ।

बैंकहरूले आफ्नो बैंकमा खाता खोल्ने खातावालालाई मात्र एक वर्षको लागि बीमा फाइदा उपलब्ध गराउँदै आएका छन्। एनआईसी एसिया बैंकले यसअघि खातावाललाई मात्र एक वर्षका लागि बीमा फाइदा उपलब्ध गराउँदै आएकोमा आम जनमानसको आवश्यकता, चाहना र अपेक्षाको पहिचान गरी थप फाइदासहित ५ वर्षको लागि बीमा फाइदा उपलब्ध गराउन थालेको छ। 

बैंकमा खाता खोल्ने खातावालालाई मात्र नभइ खातावालाबाट मनोनीत अन्य तीन व्यक्तिलाई समेत एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाको ‘गुडविल एम्बेसडर’ अन्तर्गतको बचत खातामै  ८४ लाखसम्मको बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको छ।

यस निक्षेप योजनाअनुरुप खातावालाबाट मनोनयन गरिएको तीन व्यक्तिले बीमा फाइदा उपभोग गर्नको लागि यस बैंकमा बचत खाता भने अनिवार्य रुपमा खोल्नु पर्नेछ र यस्तो बचत खाता शून्य मौज्दातमै खोल्न सकिने व्यवस्था बैंकले गरेको छ। 

एनआईसी एसिया बैंकमा खाता खोल्ने खातावालाले उच्चतम ब्याजदर त पाउँछन् नै त्यसका अतिरिक्त खातावाला र खातावालाबाट मनोनीत अन्य तीन जनाले पनि बीमा फाइदा पाउने गरेको छ।

बैंकले २०७८ कात्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरू सार्वजनिक गरेको थियो। यसका साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा फाइदा समेत प्राप्त गर्न सकिनेछ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई समेत पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ। सबै थप फाइदा÷फाइदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्कविना स्वतः पाउनेछन्।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले २० चैत २०७५ देखि खातावालालाई बचतसँगै बीमा फाइदा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहक महानुभावहरूलाई बीमाबापत ४ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम सहज रुपमा भुक्तानी गरिसकेको छ। 

बीमा फाइदा प्राप्त गर्न योग्य हुन खातामा बीमा अवधिभर न्यूनतम मौज्दात भएको हुनुपर्ने नियम बैंकले बनाएको छ भने बीमादाबीको लागि कुनै घटना घटेको १५ दिनभित्र बैंकलाई लिखित जानकारी दिईसक्नु पर्नेछ। पछिल्लो समय सर्वोकृष्ट फाइदा दिने गरी एनआईसी एसिया बैंकले बीमासम्बन्धी योजना ल्याएको छ। 

साँच्चिकै चमत्कार नै हुने खालको यो नौलो फाइदा बैंकले आफ्नो ग्राहकमाझ ल्याएको हो। बैंकले ल्याएको यो योजना हालसम्म नै उत्कृष्ट र बैंकिङ क्षेत्रमा नै अतुलनीय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .