बैंक/वित्त


अर्थसचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ

अर्थसचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ

नेपालखबर
फागुन ५, २०८१ सोमबार २०:१७, काठमाडौँ

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन्।

उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सोमबार शपथ लिएका हुन्।

सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उनलाई पद तथा गोपनीयताको शथप गराएका थिए।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, सहरजिस्ट्रारहरू, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायत उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad