वाणिज्य बैंकहरूले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेपछि बजारमा बैंक समस्यामा पर्न थालेको आकलन र बहसले ठाउँ लिएको छ। बैंकहरूले लगानी गर्न सकेनन्, कर्जा असुल्न सकेनन् नाफा पनि घट्दो देखियो भन्ने सूचनाले आम मानिसमा बैंकहरू समस्यामा पर्न थालेका हुन् कि भन्ने प्रश्न उब्जाएको छ।
अझ खराब कर्जा लुकाएको आशंकामा नियामक निकाय नेपाल राष्ट्र बैंकले यस्ता संस्थाहरूमा निगरानी बढाउन थालेपछि अहिले ठूला मानिने वाणिज्य बैंकहरू धमाधम आफू समस्यामा पर्न थालेको कुरा खुलेरै गर्न थालेका छन्।
बैंकरहरूले पनि खराब कर्जाको चपेटामा पर्न थालेको भन्न थालेपछि राष्ट्र बैंक पछिल्लो समय थप चनाखो भएर काम गरिरहेको छ।
यी सबै सूचनाले वित्तीय बजार समस्यामा पर्न सक्ने संकेत त गरेका छन् नै, बैंकहरू जोखिमउन्मुख देखिएको पनि बुझाउँछन्।
के साच्चै बैंकहरू बिरामी पर्न थालेका हुन् त?
भिडिओ ब्रिफिङ:

प्रतिक्रिया