बागमती


सिस्नेरी बेस क्याम्पमा करेन्ट लागेर लेसनायकको मृत्यु, अरू २ सैनिक घाइते

सिस्नेरी बेस क्याम्पमा करेन्ट लागेर लेसनायकको मृत्यु, अरू २ सैनिक घाइते

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार ११:१, काठमाडौँ

मकवानपुरस्थित सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक सैनिकको करेन्ट लागेर मृत्यु भएको छ।

पाइप गाड्ने क्रममा पाइपमाथि रहेको बिजुलीको तारलाई छुँदा सोही बेस क्याम्पमा कार्यरत डडेलधुरा गन्यापधुरा गाउँपालिका-१ का लेसनायक २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको हो।

डडेलधुराको अमरगढी नगरपालिका-२ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत लेसनायक २९ वर्षीय विनोद केसी र पाल्पाको रामपुर नगरपालिका-६ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका छन्।

घाइतेहरूको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad