जापानको कार निर्माता कम्पनी निसानले ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेका छन्।
विश्वव्यापी निर्माणसम्बन्धी समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।
जापानी कार निर्माण कम्पनीले करिब ९ हजार कर्मचारीलाई निकाल्ने बताएको छ।
विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको छ।
निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले भने- यी परिवर्तनले कम्पनीले आफूलाई खुम्च्याउँदै भन्ने कदापि होइन। निसानले आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउन पुनर्गठन पनि सुरु गर्नेछ।
204
Shares

प्रतिक्रिया