बागमती


काठमाडौँ उपत्यकाको तापक्रम माइनसमा जाने सम्भावना

काठमाडौँ उपत्यकाको तापक्रम माइनसमा जाने सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
पुस २१, २०८० शनिबार १९:४८, काठमाडौँ

पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ।

राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस छ।

शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो। काठमाडौँमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ। 

‘तापक्रम हल्का घटिरहेको छ। यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ’, मौसमविद् अधिकारीले भने। 

आइतबार बिहान न्यूनतम तापक्रम २ देखि ४ डिग्री सेल्सियस हुने अनुमान गरिएको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले बताए। 

जुम्लामा सबैभन्दा धेरै तापक्रम घटेर माइनस ५ दशमलव ७ डिग्रीसेल्सियस छ। शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस थियो।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .