आज (शनिबार) बिहान काठमाडौँ उपत्यकाको तापक्रम ३ घण्टामै झन्डै १ डिग्री सेल्सियस घटेको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार शनिबार बिहान ५:४५ मा ५.१ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर बिहान ८:४५ बजे ४.५ डिग्री सेल्सियस भएको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो।
हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश खुला भयो भने न्यूनतम तापक्रम घट्छ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
शुक्रबार उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो।
आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्था रहनेछ अर्थात् घाम लाग्छ।
Shares
प्रतिक्रिया