ad ad

बागमती


काठमाडौँको न्यूनतम तापक्रम आज थप बढ्यो, कति पुग्यो?

काठमाडौँको न्यूनतम तापक्रम आज थप बढ्यो, कति पुग्यो?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
पुस ७, २०८० शनिबार ६:५७, काठमाडौँ

आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो  (शुक्रबार) को तुलनामा केही बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार बिहान ६:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस देखिएको हो। 

हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। अस्ति बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। 

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउनेछ। त्यतिबेला बिहान ६:४५ बजे देखिएको तापक्रमभन्दा केही प्वइन्ट मात्र घट्ने सम्भावना हुन्छ।  

मौसमविद्का अनुसार राति मौसम बदली भयो अर्थात् आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा भयो भने घट्छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली हुने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् प्रधानांगले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .