ad ad

समाज


कर्णाली र सुदूरपश्चिममा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिममा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८० शनिबार ६:२७, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव  रहेको छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार यतिबेला कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदलीको अवस्था छ। 

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।   

शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा आज दिउँसो हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा आज दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार राति कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने  कोशी, गण्डकी, कर्णाली र सदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

अहिले देशभरिको तापक्रम घट्ने क्रममा छ। तापक्रम घट्दा चिसो बढ्ने हुँदा त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .