ad ad

बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २८, २०८० बिहिबार ८:१४, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) पनि हिजो (बुधबार) को जत्तिकै छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ को मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस छ। हिजो पनि उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो।

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउनेछ। तर ६:४५ बजेको भन्दा धेरै तलमाथि हुँदैन। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ। 

मौसमविद् झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली छ भने हुस्सु पनि लागेको छ। ‘घामसँगै हुस्सु बिस्तारै हट्दै छ,’ उनले भने। 

आज दिनभर उपत्यकाको मौसम आंशिक बदली नै रहने सम्भावना रहेको मौसमविद् झाले बताए। ‘आंशिक बदली भनेको आकाशमा अलिअलि बादल पनि हुन्छ र घाम पनि लाग्छ’, उनले भने। 

देशभरका लागिआजको मौसम : चिसो बढ्ने, पानी नपर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .