ad ad

बागमती


चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्ने ८ तस्कर सार्वजनिक

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्ने ८ तस्कर सार्वजनिक

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १८:५५, चितवन

जिल्ला प्रहरी कार्यालय, चितवनले गैँडाको खागसहित पक्राउ परेका तस्करको नाम सार्वजनिक गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएको घटनामा संलग्न ८ जना तस्करको नाम आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय, चितवनले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा हेटौँडा–३, लेवट बस्ने ३३ वर्षीय रमेश खाती, मनहरी-६, नयाँ बस्ती बस्ने ५६ वर्षीय सिताराम थिङ, राक्सिराङ-९ घर भई हाल हेटौँडा-४ बस्ने ४४ वर्षीय समशेर थिङ, राप्ती-११ बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा घर भई हाल हेटौँडा-५ बस्ने २८ वर्षका अर्जुन रोका, गोरखा बारपाक घर भई भरतपुर-११, लामा टोल बस्ने ७७ वर्षीय धनबहादुर गुरूङ, राप्ती ११ कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र मकवानपुर मनहरी घर भई चितवन बाँदरझुला बस्ने ५६ वर्षीय इन्द्रबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोे तस्कर पक्राउ गर्न खटिएको थियो।

गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। उनीहरूबाट खागसमेत बरामद गरिएको छ। निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .