ad ad

बागमती


मकवानपुरमा ३४ बिगाहा जग्गामा लगाइएको गाँजा फडानी

मकवानपुरमा ३४ बिगाहा जग्गामा लगाइएको गाँजा फडानी

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १२:६, मकवानपुर

मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको छ।

सोमबार गाँजा फडानीमा खटिएको मकवानपुर प्रहरीले एकैदिन उक्त क्षेत्रफलको गाँजा फडानी गरेको हो।

राक्सिराङ गाउँपालिका वडा नम्बर-६ को बान्द्राङ, सिराधुनी, वडा नम्बर-८ को गैरीडाँडा, गढीडाँडा क्षेत्रमा २० बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

यस्तै, कैलाश गाउँपालिका वडा नम्बर-१ को धुसाहा, डाँडाखर्क, भोर्लाडाँडा, डाँडाबारी र वडा नम्बर-२ को बैकुण्ठडाँडा, जलेखु एरियामा १४ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरेर नष्ट गरिएको भण्डारीले बताए।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका गाँजा उत्पादनको हटस्पटको रूपमा परिचित छ। व्यावसायिक रूपमै गाँजा लगाइने प्रवृत्ति बढेपछि फडानी गर्न प्रहरी टोली परिचालित भएको हो।

दुवै गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५०/५० जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .