ad ad

समाज


प्रसाईंका स्वकीय सचिवसहित १५ जना काठमाडौँबाट पक्राउ

प्रसाईंका स्वकीय सचिवसहित १५ जना काठमाडौँबाट पक्राउ

प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा


नेपालखबर
मंसिर १२, २०८० मंगलबार १२:१४, काठमाडौँ

गणतन्त्र विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ। 

पक्राउ पर्ने अन्यमा श्रीनिवास आचार्य, निकेश बाँस्तोला, भोजराज तमिल्सिना, हरि बिशुङ्खे, भुवन परियार, दीपक गोस्वामी, देवेन्द्र कार्की, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन खड्का, दिपेश खड्का र मेहरमान बस्नेत छन्।

प्रसाईं नेतृत्वको नागरिक तथा राष्ट्र बचाउ महाअभियानले मंसिर ७ गतेदेखि काठमाडौँमा गणतन्त्रको विरोधमा प्रदर्शन गर्दै आएको छ।

प्रदर्शनको पहिलो दिन अभियानले बल्खुका प्रदर्शन गरेको थियो। त्यसपछिका दिनमा अभियानले तीनकुने, गौशाला लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेको छ। सहभागीको संख्या भने पातलिँदै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .