ad ad

बागमती


चितवनमा हातखुट्टा बाँधिएको अवस्थामा बोराभित्र भेटियो पुरुष र महिलाको शव

चितवनमा हातखुट्टा बाँधिएको अवस्थामा बोराभित्र भेटियो पुरुष र महिलाको शव

नेपालखबर
मंसिर ६, २०८० बुधबार १५:४६, हेटौंडा

चितवनमा बोराभित्र पोको पारेको अवस्थामा दुई वटा शव फेला परेको छ। बुधवार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

अन्दाजी ३०/३२ वर्षका जस्ता देखिने पुरुष र महिलाको शव जुटको एउटै बोराभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए।

उनका अनुसार दुवै जनाको हात–खुट्टा बाँधिएको अवस्थामा भेटिएको हो।

माछा मार्न खोलामा गएका केही मानिसहरुले उक्त बोराबाट गन्ध आएको पाइएपछि प्रहरीलाई खबर गरेका थिए। अहिले उक्त शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ। शवबारे कुनै पहिचान हुन नसकेको डीएसपी पण्डितले जानकारी दिए।

घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .