मकवानपुर-१ मा प्रारम्भिक मतगणना गर्दा रास्वपा अगाडि भएको छ।
३ हजार ४५० मत गनिसक्दा रास्वपा उम्मेदवार प्रकाश गौतमले हजार १ हजार ८५४ मत प्राप्त गरेका छन्।
कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ६६२ भोट ल्याएकी छन् भने राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ३१२ मत पाएकी छन्।
उनी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट विजयी नेता हुन्।
यस्तै नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले २९१ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजय गौतमले ९६ मत प्राप्त गरेका छन्।
४० वटा वडा रहेको यस क्षेत्रमा अहिलेसम्म हेटौँडा उपमहानगरपालिका-२ को मात्र मतगणना गरिएको हो।
यस क्षेत्रमा कुल ९५ हजार ३१० मत खसेको छ। मतगणना जारी छ।
645
Shares

प्रतिक्रिया