अमेरिका-इजरायलले सातौँ दिन शुक्रबार पनि इरानविरुद्ध आक्रमण जारी राखेका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार उनीहरूले आज इरानको सिराज सहरमा हमला गरेका छन्।
उक्त आक्रमणमा २० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
इरानी अधिकारीहरूका अनुसार आक्रमण सहरको जिबासरस्थित आवासीय क्षेत्रमा गरिएको थियो।
हमलामा धेरैजसो सर्वसाधारण र दुई चिकित्सा कर्मचारीको मृत्यु भएको बताइएको छ।
यसैबिच इरानी सेनाले लोरेस्तान क्षेत्रमा अमेरिकी एमक्यू-नाइन ड्रोन र इजरायली हर्मेस-९०० ड्रोनलाई गोली हानेर खसालेको छ.
इजरायल र अमेरिकाले सुरुमा गत फेब्रुअरी २८ मा संयुक्त सैन्य हमला गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित शीर्ष नेता तथा अधिकारी मारेयता तीन देशबिच युद्ध जारी छ।
हमलाको जवाफमा इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडी मुलुकहरूमा क्षेप्यास्त्र/ड्रोन प्रहार जारी राखेको छ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सेनालाई आत्मसमर्पण गर्न आह्वान गर्दै अन्यथा मृत्युका लागि तयार रहन चेतावनी दिएका छन्।
इजरायल-अमेरिका-इरान युद्धका प्रमुख अपडेट
-इरानमा १,३३२ जना मारिए।
-खामेनीका छोरालाई उत्तराधिकारी मान्न ट्रम्पद्वारा अस्वीकार।
-हालसम्म इरानमा १४ चिकित्सा केन्द्रहरूलाई लक्ष्य गरी १,३०० आक्रमण।
-इरानका धेरै स्थानमा पानी र बिजुली आपूर्ति बन्द।
-इजरायलद्वारा ३०० इरानी मिसाइल लन्चर नष्ट।
-इरानको आक्रमणमा कुवेत, बहराइन र यूएईमा रहेका २० अमेरिकी आधार क्षतिग्रस्त।
हेर्नुहोस् अमेरिकाले इरानी विमान ह्याङ्गरमा आक्रमण गरेको भिडिओ-
The Iranian regime's ability to impact U.S. forces and regional partners is rapidly declining, while American combat power continues to build. pic.twitter.com/21TXHbWwFi
— U.S. Central Command (@CENTCOM) March 5, 2026
Shares

प्रतिक्रिया