बागमती


रवि लामिछाने ४ हजार मतान्तरले अगाडि

रवि लामिछाने ४ हजार मतान्तरले अगाडि

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ११:१९, काठमाडौँ

चितवन-२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन्।

हालसम्मको मत परिणामअनुसार घण्टी चुनाव चिह्नका उम्मेदवार लामिछानेले ६ हजार ७ सय मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३ सय २९ मत प्राप्त गरेका छन्। उनी लामिछानेभन्दा ४ हजार ३ सय ७१ मतले पछि छन्।

नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २ हजार २ सय २२ मत पाएकी छन्। उनी लामिछानेभन्दा ४ हजार ४ सय ७८ मतले पछि छिन्।

यता नेकपाका उम्मेदवार टेक प्रसाद गुरुङले १ हजार ५ सय ५८ मत प्राप्त गरेका छन्। उनी लामिछानेभन्दा ५ हजार १ सय ४२ मतले पछि छन्।

मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad