राजनीति


रुकुम पूर्वमा प्रचण्डको एकल 'दौड': कांग्रेस-एमाले धेरै पछाडि, रास्वपा चौथो स्थानमा

रुकुम पूर्वमा प्रचण्डको एकल 'दौड': कांग्रेस-एमाले धेरै पछाडि, रास्वपा चौथो स्थानमा

नेकपाका संयोजक प्रचण्ड


नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ११:२२, काठमाडौँ

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मत प्राप्त गर्दै अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार दाहालले ३ हजार ६ सय ६९ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसकी उम्मेदवार कुसमदेवी थापाले १ हजार २९ मतसहित पछ्याइरहनुभएको छ। दाहाल र थापाबीचको मतान्तर २ हजार ६ सय ४० रहेको छ।

नेकपा एमालेका उम्मेदवार लीलामणि गौतम ६ सय ६३ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लक्ष्मणकुमार थापाले ३ सय ५४ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा दाहालसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।

भौगोलिक विकटताका कारण जिल्लाका दुर्गम मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गर्न समय लागेकाले मतगणना केही ढिलो गरी सुरु भएको थियो। मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार राति अबेर मात्रै सबै मतपेटिका संकलन गरी गणना प्रक्रिया अघि बढाइएको थियो।

अहिले रुकुमकोटस्थित निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाका बीच मतगणना जारी छ। सुरुवाती चरणदेखि नै दाहालले लिएको फराकिलो अग्रताले यस क्षेत्रमा उहाँको बलियो पकड रहेको संकेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad