बागमती


राप्रपाद्वारा मकवानपुर-१ को उम्मेदवारमा फेरि सिंहको मात्र नाम सिफारिस

राप्रपाद्वारा मकवानपुर-१ को उम्मेदवारमा फेरि सिंहको मात्र नाम सिफारिस

दीपकबहादुर सिंह


नेपालखबर
पुस ९, २०८२ बुधबार ९:२३, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट दीपकबहादुर सिंहको नाम सिफारिस गरेको छ।

मंगलबार बसेको राप्रपा क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ उम्मेदवारीका लागि सिंहको मात्र नाम सिफारिस गरेको हो।

यस क्षेत्रबाट राप्रपाले समानुपातिकतर्फ भने उमेश थापा, नवराज थपलिया, अरुण लामा, मनोज कुमार मोक्तान, बालकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

यस्तै समानुपातिकतर्फ महिला कोटामा सरस्वती कुमारी थिङ, मनिषा स्याङतान, हिरा कुमारी भट्ट, हिरा चौरेल, सन्देश परियार, दिपु सुनार र शुक्रराज प्रजाको नाम सिफारिस गरिएको छ।

प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस सिंह गत २०७९ को निर्वाचनमा मकवानपुर-१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

त्यसबेला उनले नेपाली कांग्रेसकी सहमहमन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई हराएका थिए।

सिंहले यस क्षेत्रमा खसेको कुल ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत ल्याएकी थिइन्। 

यसैगरी त्यस बेला नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad