काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडबाट ६ करोड मूल्य बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ।
कार्यालका अनुसार काठमाडौँ-२२, खिचापोखरीस्थित आरबी कम्प्लेक्सको अन्डरग्राउन्डमा सञ्चालित स्माइल योर चोइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदामबाट विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका अवैध सामग्री (भेप) बरामद गरिएको हो।
साथै गोदाम र पसलका सञ्चालक ललितपुरको महालक्ष्मी नगरपालिका-८ का स्थायी बासिन्दा ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद भेपको अन्दाजी मूल्य ६ करोड रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
663
Shares

प्रतिक्रिया