कला


युवा पुस्ताको कथामा ‘ल्याङ्ग ल्याङ्ग’ बनाउँदै बलिराम चौहान

युवा पुस्ताको कथामा ‘ल्याङ्ग ल्याङ्ग’ बनाउँदै बलिराम चौहान

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १२:४५, काठमाडौँ

निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। गत वर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ बनाउने भएका हुन्। 

निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका छन्। स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ।

‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो। यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्‍याएर दिने तनाव हो।

‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य: यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यसहित निर्देशक चौहानले थिम पोस्टर सेयर गरेका छन्। थिम पोस्टरमा कुनै एक सहरको पार्कमा एउटा झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लब साइन, छरिएका दुई वटा डायरी र पेन। जिन्सको आउटर, कालो चस्मा र अलपत्र परेको बुकेसँगै रहेको गुड भाइब्स लेखिएको स्टिकर। यी सबै कुराले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ले भन्ने संकेत गरेको छ।

निर्देशकको लाइनले पनि प्रेममा गरेको वाचा तोडेर गएको प्रेमिकाको कथा र त्यसको तनावमा रहेको प्रेमीको संकेत गर्छ। फिल्मको कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन्। कलाकार, प्राविधिक, छायांकन, रिलिज डेटबारे निर्देशकले केही बोलेका छैनन्। निर्माता को हो भन्नेबारे पनि खुलाएको छैन।

बलिराम चौहानको गत वर्षको ‘द ब्ल्यू लाइट’ले राम्रो समीक्षा पाएको थियो। तर निर्वाचनको माहोलका कारण यो चलचित्र हल रिलिजको तेस्रो दिन नै निर्माण टिमले हलबाट निकालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad