मुग्लिन-नारायणगढ सडकअन्तर्गत चितवनमा आज (शुक्रबार) बस पल्टिँदा ३८ जना घाइते भएका छन्।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस बिहान ३ बजेतिर सडकमै पल्टिएको हो।
चितवनको भरतपुर महानगरपालिका-२९ स्थित घुमाउने भन्ने स्थानमा भएको दुर्घटनामा ३८ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भएकाहरूलाई चितवन प्रहरीले उद्धार गरी उपचारका लागि भरतपुरलगायत विभिन्न अस्पताल पठाएको छ।
प्रहरीका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको छ।
बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको चितवन प्रहरीले जानकारी दिएको छ।
यी हुन् घाइते, यस्तो छ अवस्था
-दाङ लमही नगरपालिका-१ का ३३ वर्षीय गणेश चौधरी (हातखुट्टामा चोट)
-सोही स्थानकी २१ वर्षीया रुपा चौधरी (निधारमा चोट)
-राप्ती गाउँपालिका-५ की २४ वर्षीया माधुरी चौधरी (हातखुट्टा र ढाडमा चोट)
-बसका सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने २१ वर्षीय दिनेश चौधरी (बायाँ कानमा भित्री चोट)
उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
-दाङ गढवा गाउँपालिका-३ की ३१ वर्षीया सिमा चौधरी (बायाँ हात र टाउकोमा चोट)
-गढवा-५ का १८ वर्षीय अभिषेक चौधरी (बायाँ हात र ढाडमा चोट)
-२१ वर्षीय सम्राट चौधरी (टाउकोमा चोट)
-घोराही-१८ का ३६ वर्षीय शालिग्राम खत्री क्षेत्री (टाउको र बायाँ हातमा चोट)
-शान्तिनगर-२ का ६९ वर्षीय शालिग्राम शर्मा (टाउको र बायाँ खुट्टामा चोट)
-३७ वर्षीया माया चौधरी (बायाँ हात र अनुहारमा चोट)
-लमही-२ का ३२ वर्षीय निर्मल चौधरी (टाउको र ढाडमा चोट)
-सोही स्थानकी ३१ वर्षीया गीता चौधरी (टाउकोमा चोट)
-१९ वर्षीय आवास चौधरी (बायाँ हात र खुट्टामा चोट)
-३२ वर्षीय राजु चौधरी (अनुहार र बायाँ खुट्टामा चोट)
-गढवा-२ का ३२ वर्षीय लिखुराम चौधरी (टाउको र ढाडमा चोट)
-घोराही-१८ का ३१ वर्षीय बाबुराम थापा
-४० वर्षीय शुभराम वाग्ले (टाउकोमा चोट)
उनीहरूको भरतपुरस्थित परानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
-सल्यान छत्रेश्वरी-५ की १८ वर्षीया लिला कवर मगर (टाउकोमा चोट)
-२१ वर्षीय रमेश कवर मगर (टाउकोमा चोट)
-गढवा-२ की २७ वर्षीया मिना चौधरी (बायाँ खुट्टा भाँचिएको)
-३० वर्षीय विष्णु चौधरी (टाउकोमा चोट)
-२२ वर्षीया सन्ध्या बफ्रेल (टाउकोमा चोट)
-लमही-२ का २१ वर्षीय प्रकाश चौधरी (निधारमा चोट)
-घोराही-१६ का ६० वर्षीय फणेन्द्र पछाई (हातखुट्टामा चोट)
-नारायणपुरकी ६० वर्षीया उमा गौतम (टाउकोमा चोट)
-घोराहीकी ४१ वर्षीया शान्ती हमाल
-उनकी १० वर्षीया छोरी प्रमिसा हमाल (सामान्य चोटपटक)
-रोल्पा होलेरीका ५० वर्षीय विष्णु बस्नेत (टाउकोमा चोट)
-नुवाकोट पञ्चकन्या-६ की ४० वर्षीया सुनिता तामाङ (टाउकोमा चोट)
-४२ वर्षीय सुकमान तामाङ (टाउको र कम्मरमा चोट)
-४५ वर्षीय बुद्दीबहादुर तामाङ (ढाडमा चोट)
-२० वर्षीय सन्देश तामाङ (दायाँ हातमा चोट)
उनीहरूको उपचार मौलाकालिका अस्पताल, भरतपुरमा भइरहेको छ।
-रोल्पा रुन्टीगढी गाउँपालिका-९ का वडाध्यक्ष ३५ वर्षीय चेतलाल खत्री (हातमा चोट)
-दाङ घोराही-१७ का २४ वर्षीय दिनेश चौधरी (हातमा चोट)
-घोराही-१० का २९ वर्षीय चक्र सिंह (हात र टाउकोमा चोट)
-गढवा-२ का २६ वर्षीय श्रीराम चौधरी (टाउको र हातमा चोट)
-बस चालक दाङका ३४ वर्षीय सुभाष ओली
-लमही-२ का २६ वर्षीय विपिन चौधरी
उनीहरू जनता केयर अस्पताल, मुग्लिनमा उपचाररत छन्।
Shares

प्रतिक्रिया