काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ।
यसै क्रममा आज (शुक्रबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ। यद्यपि यो सुरुवाती मापन हो।
आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे फेरि मापन गरिन्छ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ।
हिजो (बिहीबार) पनि बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएकामा पछि बिहान ८:४५ बजे ५.३ डिग्री सेल्सियसमा झरेको थियो।
सबैभन्दा तल पुगेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
हिजो बिहीबार यस्तो थियो काठमाडौँसहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम:

Shares

प्रतिक्रिया