समाज


बागलुङमा बाटो काट्दै गरेका बालकलाई जिपले ठक्कर दियो

बागलुङमा बाटो काट्दै गरेका बालकलाई जिपले ठक्कर दियो

नेपालखबर
पुस ४, २०८२ शुक्रबार ७:६, बागलुङ

बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

बिहीबार साँझ ६ बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअप जिपले ठक्कर दिँदा काठेखोला गाउँपालिका-१ धैरेनीका पाँच वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो।

जिपको ठक्करबाट गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए।

बालकलाई सडक क्रस गर्दै गर्दा जिपले ठक्कर दिएको उनले बताए।

जिपचालक पर्वतको जलजला गाउँपापिलका-८ नाङ्लिबाङका २५ वर्षीय सुनिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad